Breaking News

रु. ५५ मा टेलिकमको अनलिमिटेड युट्युब र फेसबुक प्याक

Sep Fri 2020 11:15:47

316 views

रु. ५५ मा टेलिकमको अनलिमिटेड युट्युब र फेसबुक प्याक

नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस ) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब (Unlimited Youtube), अनलिमिटेड फेसबुक (Unlimited Facebook) र एड–अन प्याक (Add-on Pack) उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टा-छुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिन सम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याक मध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमारु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मिति बाट ३ दिन सम्म प्रयोग गर्न सकिने छ ।

यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै, ग्राहक वर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?