Breaking News

अब विदेशबाट रेमिट्यान्स वालेटबाटै पठाउन सकिने

Sep Fri 2020 10:56:38

913 views

अब विदेशबाट रेमिट्यान्स वालेटबाटै पठाउन सकिने

काठमाडौं। नेपाल राष्ट्र बैंकले रेमिट्यान्स पठाउने र भुक्तानीगर्ने व्यवस्थालाई सरल बनाएको छ। बैंकले सोमबार निर्देशनजारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन र भुक्तानी लिन पाईने व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार विदेशबाट नेपालीहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्नेछन्। यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ।

विदेशबाट विद्युतीय प्रणालीबाट पठाएको रकम नेपालमा पनि विद्युतीय रुपमै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। वालेटमार्फत भुक्तानी गर्दा तोकिएको सीमाभन्दा बढि भएमा खातामा जम्मा हुने व्यवस्था मिलाउन सकिने व्यवस्था छ।

यसरी कारोबार गर्दा सम्पति शुद्धिकरणका प्रावधान भने पालन गर्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?