Breaking News

सामाजिक सञ्जालबाट लाखौ ठगी, तपाइपनि फस्नुहोला !

Sep Fri 2020 06:16:12

731 views

सामाजिक सञ्जालबाट  लाखौ ठगी,  तपाइपनि फस्नुहोला !

चितवन । सामाजिक सञ्जाल इमोमा चिठ्ठा परेको भनी ठगी गर्ने गिरोहलाई ईलाका प्रहरी कार्यालय टाँणी चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ११ वस्ने वर्ष २७ का साहिल हुसेन अन्सारी र सोही ठाउँको वडानम्वर ९ वस्ने वर्ष २७ को कामेश्वर स्वर्णकार रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुले इमोमा रु। २५,००,०००।–(पच्चिस लाख) को चिठ्ठा परेको र रकम लिनका लागि राज्यलाई तिनुपर्ने कर रकम अग्रिम भुक्तान हुनुपर्ने भन्दै २ लाख ८० हजार ठगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

पटक पटक फोन गरी चिठ्ठा परेको विषयमा प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै प्रलोभन र दवावमा पारी रकम ठगी गरेपछि चितवन कालिका न।पा। ०४ वस्ने वर्ष ४४ की महिलाले असोज ४ गते ईलाका प्रहरी कार्यालय टाँडी, चितवनमा सुचना दिए पश्चात प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण जालमा नपर्न र केहि सुचना भए प्रहरीलाइ खबर गर्न चितवन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?