Breaking News

एप्पलको पहिलो अनलाइन स्टोर भारतमा

Sep Sat 2020 09:11:42

1264 views

एप्पलको पहिलो अनलाइन स्टोर भारतमा

प्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई एप्पलको भविष्यका लागि निकै महत्वपूर्ण मानिएको छ । हाल अनलाइन स्टोर मात्र सञ्चालन गरेको एप्पलले अर्को वर्ष नै भारतमा भौतिक रुपको एप्पल स्टोर खोल्नेछ ।

एप्पलले भारतमा सञ्चालन गरेको नयाँ ई–कमर्श प्लाटफर्ममार्फत् प्रयोगकर्ताहरुले अनलाइन मार्फत् नै आफ्ना म्याकहरु कस्टमाइज गर्न सक्नेछन् र विभिन्न ७ वटा भारतीय भाषाहरुमा एप्पलका ग्याजेट चलाउन पाउनेछन् ।

भारतमा दीपावली अगाडिको समय सबैभन्दा धेरै स्मार्टफोन बिक्री हुने समय भएको हुँदा एप्पलले सुरु गरेको अनलाइन स्टोरका कारण यो वर्ष भारतीय बजारमा आइफोन लगायतका एप्पल प्रडक्टको बिक्री उल्लेखनीय रुपमा बढ्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?