Breaking News

फेसबुक सर्वोच्च अदालत : आफ्ना पोष्टहरु फेसबुकले हटाएको चित्त नबुझेको खण्डमा प्रयोगकर्ताहरुले अपिल गर्न सक्ने

Sep Sat 2020 09:19:26

562 views

फेसबुक  सर्वोच्च अदालत : आफ्ना पोष्टहरु फेसबुकले हटाएको चित्त नबुझेको खण्डमा प्रयोगकर्ताहरुले अपिल गर्न सक्ने

 फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ ।

उक्त बोर्डलाई फेसबुकको सर्वोच्च अदालतको संज्ञासमेत दिइएको छ । किनकी प्रयोगकर्ताहरुले फेसबुकको कार्यकारी निकायद्वारा गरिएका निर्णयहरुमा चित्त नबुझेमा उक्त बोर्ड समक्ष पुनरावेदन गर्न सक्नेछन् ।

आफ्ना पोष्टहरु फेसबुकले हटाएको र त्यस्तो कार्य आफूलाई चित्त नबुझेको खण्डमा प्रयोगकर्ताहरुले फेसबुकको उक्त सर्वोच्च निगरानी निकायसमक्ष अपिल गर्न सक्ने र उक्त बोर्डले उजुरीहरुमाथि अध्ययन गरी अन्तिम फैसला लिनसक्नेछ ।

समाचार अनुसार उक्त बोर्डलाई फेसबुकका सामाग्रीहरु सम्पादन गर्ने कर्मचारी तथा सिइओ मार्क जुकरबर्गलगायतका कार्यकारी तहका अधिकारीहरुको निर्णयसमेत उल्टाउने अधिकार रहेको छ । उक्त बोर्ड २० सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?