अजय शर्मा
तपाईंको कम्प्युटरको क्षमता कति छ ? ३००, ५०० गिगावाइट वा एक टेरावाइट वा त्यसभन्दा बढी ? कम्प्युटर र अन्य बाह्य स्टोरेजमा नअटेका डिजिटल सामग्री (डाटा) कहाँ राख्नुहुन्छ ? तपाईं जहाँ जानुहुन्छ, त्यहीँ तपाईंका डिजिटल सामग्रीको पहुँच चाहनुहुन्छ ? यस्तो सहज पहुँच एवं सुरक्षित माध्यम र भण्डारको एउटा मात्र विकल्प हो क्लाउड स्टोरेज ।
शेरु विक आफ्ना महìवपूर्ण डाटा राख्न पेन ड्राइभ, हार्डडिक्स, मेमोरिकार्ड, सिडी, डिभिडीजस्ता परम्परागत माध्यममा मात्र भर पर्नुहुन्न । उहाँले निःशुल्करूपमा उपलब्ध क्लाउड स्टोरेज प्रयोग गर्न थाल्नुभएको करिब पाँच वर्ष भयो । निजामति सेवामा कार्यरत विक प्रविधिको प्रयोग गर्ने कर्मचारीमा अग्रणी हुनुहुन्छ । डिजिटल डाटालाई भौतिक डिभाइसमा बोकिरहनुपर्ने झन्झट सकिएको छ । अझ इन्टरनेटको पहुँचसँगै क्लाउड स्टोरेजको प्रयोग सहज भएको छ, उहाँ भन्नुहुन्छ ।
विकले नागरिकता, ड्राइभिङ लाइसेन्सदेखि विद्यालय, विश्वविद्यालयका सबै प्रमाणपत्र क्लाउड स्टोरेजमा राख्नुभएको छ । म जहाँ जान्छु त्यहीँबाट चाहेको सामग्री हेर्न र प्रिन्ट गर्नसक्छु ।यसबाट पेन ड्राइभ बोक्नुपर्ने झन्झट हट†नुका साथै समयको समेत बचत भएको छ । मैले क्लाउड स्टोरेजमध्ये गुगल ड्राइभ र ड्रप बक्स प्रयोग गर्ने गरेको छु, उहाँ भन्नुहुन्छ ।