Breaking News

सानिमा इन्स्योरेन्सको आईपीओ आउँदै, १००० कित्ता सम्म भर्न मिल्ने

Oct Fri 2020 07:01:11

467 views

सानिमा इन्स्योरेन्सको आईपीओ आउँदै, १००० कित्ता सम्म भर्न मिल्ने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गते देखि  प्रति कित्ता एक सयको दरले ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

आईपीओ असोज २१ गते देखि असोज २५ गते सम्म खुल्ने छ । असोज २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन ।

न्युनतम १० कित्ता देखि अधिकतम १००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आषाढ ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७४ माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त गरी मिति २०७५ साल आषाढ २७ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

पुँजीको अवस्था :

अधिकृत पुँजी : १ अर्ब ५० करोड

जारी पुँजी : १ अर्ब

चुक्ता पुँजी : ७० करोड ( आईपीओ अघि )

चुक्ता पुँजी : १ अर्ब ( आईपीओ पछि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?