Breaking News

बिनाधितो सेयर लोन यसरी लिनुहोस् : ब्याजदर ८.५%, मात्र

Oct Sat 2020 08:18:03

1876 views

बिनाधितो सेयर लोन यसरी लिनुहोस् : ब्याजदर ८.५%, मात्र

कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ । यो स्किममा धितो राख्नका लागि सेयर चाहिदैन, बैंकले पहिला बिनाधितो लोन दिन्छ र त्यही लोनबाट खरीद गरिएको सेयर धितोमा राखिदिन्छ । साथमा पैसा नहुने वा सेयर नहुनेले पनि कुमारी बैंकको यो स्किममा सहभागी भएर सहजै सेयरमा लगानी गर्नसक्ने भएका छन् । 

यो कर्जाको स्किममार्फत सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गर्नुपर्ने कुमारी बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

हाल बजारमा प्रवाह हुने सेयर कर्जाहरुमा सेयर खरीद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ । सेयर बजारमा लगानी गर्न चाहने, तर अर्थको अभावले लगानीबाट बञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै यो कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । 

७० वर्षसम्म उमेर पुगेकाले यस्तो कर्जा लिन सक्नेछन् । न्यूनतम प्रोसेसिंग फी राखिएको यो स्किम अन्तर्गत ७२ घण्टामै कर्जा पाइने बताइएको छ । 

कुमारी बैंकका चिफ अपरेटिङ अफिसर रामचन्द्र खनालका अनुसार बिनाधितो लिन सकिने सेयर कर्जाको ब्याजदर ८.५ प्रतिशत रहेको छ । यसमो प्रोसेसिङ फि ०.७५ प्रतिशत लाग्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म बिनाधितो सेयर किन्न कर्जा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?