Breaking News

आइफोन १२ को सबै मोडल सार्वजनिक, कुनको मूल्य कति ?

Oct Sun 2020 08:48:38

2263 views

आइफोन १२ को सबै  मोडल सार्वजनिक, कुनको मूल्य कति ?

एप्पलले १३ अक्टोरमा हुन लागेको कार्यक्रममा आइफोन १२ सार्वजनिक गर्ने भएको छ । उक्त कार्यक्रममा आइफोन सिरिजमा नयाँ ४ मोडलका आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ म्याक्स सार्वजनिक गर्ने भएको छ ।

सार्वजनिक रिपोर्टका अनुसार विभिन्न मोडलका आइफोनको मूल्य भिन्नभिन्न रहेको छ । रिपोर्टअनुसार आईफोन १२ मिनीको ६४ जिबी स्टोरेजलाई ६४९ डलर (लगभग ७५ हजार), १२८ जिबी मोडलको ६९९ डलर (लगभग ८१ हजार), र टप-अफ-द–लाइन २५६ जिबी स्टोरेजलाई ७०० डलर (लगभग ९२ हजार) पर्ने अनुमान लगाएका छन् ।

आइफोन १२ को ६४ जिबी स्टोरेजको ७४९ डलर (लगभग ८६ हजार), १२८ जिबी मोडलको ७९९ डलर (लगभग ९२ हजार) र २५६ जिबी स्टोरेज भएको आइफोनको ८९९ डलर (लगभग १ लाख ४ हजार) रुपैयाँ हुने जनाएको छ ।



त्यस्तै, आइफोन १२ प्रोको १२८ जिबी स्टोरेज भेरियन्टलाई ९९९ डलर (लगभग १ लाख १५ हजार), २५६ स्टोरेज भएकोलाई १०९९ डलर (लगभग १ लाख २७ हजार) र टप-एण्ड ५१२ जिबी आईफोनलाई १२९९ डलर लगभग १ लाख ५० हजार) रहनेछ ।

यसैगरी, आइफोन १२ प्रो म्याक्सको १२८ जिबीको १०९९ डलर (लगभग १ लाख २७ हजार), २५६ जिबीलाई ११९९ डलर (लगभग १ लाख ३९ हजार) र टप-अफ-द-लाइन ५१२ जिबीको लागि १३९९ (लगभग १ लाख ६२ हजार) मूल्य रहेको छ ।

यसमा भन्सार शुल्क जोडिएको छ । भन्सार शुल्क जोड्दा उल्लेखितभन्दा बढी मूल्य पर्नसक्छ ।

यस्ता छन् विशेषता

सार्वजनिक हुन लागेको आइफोन १२ मिनी ५.४ को स्क्रिन हुनेछ । दोस्रो आइफोन १२ प्रो र प्रो म्याक्सको क्रमशः ६.१ र ६.७ इन्च डिस्प्लेको साथ सार्वजनिक हुने भएको छ ।

त्यस्तै आइफोन १२ को ६.१ डिस्प्लेका साथ सार्वजनिक हुने अपेक्षा गरेका छन् । साथै, सबै नयाँ आईफोन मोडल्सको नयाँ ए १४ बायोनिक चिपसेटका साथ आउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?