Breaking News

समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

Oct Mon 2020 06:17:57

450 views

समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो ।

गुगलका सिइओ सुन्दर पिचाईले गुगलको उक्त योजना बमोजिम नयाँ प्रडक्ट सार्वजनिक हुँदैछ । गुगल न्यूज शोकेस नामक उक्त सेवा सुरुमा जर्मनीमा लञ्च गरिनेछ । उक्त प्लाटफर्ममा जर्मनीका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु एकै ठाउँ पढ्न सकिनेछ । यसका लागि गुगलले जर्मन पत्रिकाहरु देर स्पाइगेल, स्टेर्न तथा दी चाइतसँग सम्झौता गरिसकेको छ । त्यस्तै ब्राजिलमा पनि फोल्हा दी सेन्ट पाउलो, ब्याण्ड तथा इन्फोबेसँग सम्झौता गरेको छ ।

गुगलका अनुसार यो सेवा जर्मनी र ब्राजिलसँगै बेल्जियम, भारत, नेदरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया, बेलायत तथा क्यानडा लगायतका देशहरुमा सुरु हुनेछ । तथापि अष्ट्रेलिया भने गुगलले अष्ट्रेलियामा विज्ञापन मार्फत् गरेको आम्दानीको हिस्सा स्थानीय मिडियाहरुलाई पनि बाँड्नुपर्ने अडानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?