Breaking News

शाओमीको रेडमी ९ सी र मी स्मार्टब्यान्ड ५

Oct Thu 2020 07:16:32

2134 views

शाओमीको रेडमी ९ सी र मी स्मार्टब्यान्ड ५

रेडमी ९सी — ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्लेयो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५ हजार एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ ।

रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

रेडमी ९सी मा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ९सी का साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ ।

ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?