काठमाडौं । मेरो सेयरको पासवर्ड अव १ सय पटकसम्म रिसेट गर्न सकिने व्यवस्था सिडिएसले गरेको छ । यसअघि १० पटकसम्म रिसेट गर्न सकिने व्यवस्था थियो ।
लगानीकर्ताले राखेको पासवर्ड बिर्सिए अब एक सय पटकसम्म पुनः प्रयास गर्न पाउने भएका छन् ।
सय पटकसम्म प्रयास गर्दा पनि नमिलेको खण्डमा भने वार्निङ आएर क्यान्सिल हुने सीडीएका प्रवक्ता सुरेश न्यौपानले बताए । साथै, मेरो सेयरको पासवर्ड तीन, तीन महिनामा परिवर्तन गर्नुपर्ने यसअघिको व्यवस्थालाई पनि बढाएर ६ महिना पु¥याइएको छ।
लगानीकर्ताको सहजताका लागि मेरो सेयरको प्रणालीमा सुविधा उपलब्ध गराएको सीडीएससीले जनाएको छ । मेरो सेयर प्रयोगकर्ताले यसअघि पासवर्ड बिर्सिएमा १० पटकभन्दा बढी प्रयास गर्न पाउँदैन थिए । १० पटकसम्म कोसिस गर्दा पनि पासवर्ड नमिले नयाँ पासवर्ड लिनुपर्ने हुन्थ्यो ।