काठमाडौं । २०७५।७६ को लागि २९ कम्पनीहरुले आर्थिक वर्ष लाभांश घोषणा प्रस्ताव गरिसकेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्ने तयारीमा छन् ।
आर्थिक वर्ष २०७६/७७ मा आर्जित मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये १ वटा म्युचअल फण्ड रहेका छन् । पाँच वटा क्यापिटल मार्केट कम्पनी, चार वटा लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, दुुई वटा वाणिज्य बैंक रहेका छन् भने बहुराष्ट्रिय कम्पनी युुनिलिभर नेपालले पनि लाभांश घोषणा गरिसकेको छ ।
हालसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै युनिलिभर नेपालले एक सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले ७ दशमलव ३ प्रतिशत बोनश शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक अफ काठमाडूूले १३ प्रतिशत बोन र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनश शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रसताव गरेको छ ।