Breaking News

यस वर्ष दशैंमा नयाँ नोट सटही बैंकले नदिने

Oct Mon 2020 02:35:24

1020 views

यस वर्ष दशैंमा नयाँ नोट सटही बैंकले नदिने

काठमाडौं, यो वर्षको दशैंमा नयाँ नोट सटही सुविधा नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना निकालेर कोरोना भाइरस महामारीका कारण यो वर्षको चाडबाडमा नयाँ नोट वितरण नगर्ने जनाएको हो । नयाँ नोट सटहीका क्रममा भीडभाड हुन सक्ने र कोरोना संक्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको हो ।

नयाँ नोट दिंदा बैंक तथा वित्तीय संस्थामा समेत निकै भीडभाड हुन सक्ने भएपछि अन्तिम अवस्थामा आएर वितरण नगर्ने निर्णयमा पुगिएको बताइएको छ। विगत लामो समयदेखि राष्ट्र बैंकले दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?