Breaking News

डिजिटल शिक्षाका लागि सन्राइज बैंकको दरबार हाईलाई स्कूल सहयोग

Oct Mon 2020 02:49:15

755 views

डिजिटल शिक्षाका लागि सन्राइज बैंकको दरबार हाईलाई स्कूल सहयोग

काठमाडौं, सन्राइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा दरबार हाई स्कूलमा डिजिटल शिक्षाका लागि सहयोग गरेको छ । बैंकले दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न आइतवार जोन्ता क्लब काठमाडौंलाई रू. ३ लाख प्रदान गरेहो हो ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए । बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अगाडि बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ उक्त सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए । यस्तै जोन्ता क्लब काठमाडौंका अध्यक्ष गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?