Breaking News

मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्न सकिने, मोबाइल नम्बर ९८५१२७३८६२ मा

Oct Tue 2020 06:48:18

625 views

मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्न सकिने, मोबाइल नम्बर ९८५१२७३८६२ मा

काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?