Breaking News

यसपालिको दशैंको नयाँ नोट एटीएमबाट यसरी लिन सकिन्छ

Oct Tue 2020 07:21:48

632 views

यसपालिको दशैंको नयाँ नोट एटीएमबाट यसरी लिन सकिन्छ

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल राष्ट्र बैंकले यसपालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेको छ । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले आफ्ना कार्यालयहरुका साथै विभिन्न बैंकहरु मार्फत् नयाँ नोटको सटही गर्ने व्यवस्था मिलाउँदै आएको थियो । सर्वसाधारणहरुले दशैंका लागि आवश्यक पर्ने नयाँ नोट लाइन बसेर सटही गथ्र्ये ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस नोट सटहीको व्यवस्था गर्दा संक्रमणको जोखिम बढ्ने भएकाले सटही नगर्ने निर्णय गरिएको राष्ट्र बैंकको भनाइ छ । तरपनि आवश्यक पर्नेले आफ्नै खाताबाट नयाँ तथा सुकिला नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

ग्राहकले एटीएमबाट रकम झिक्दा समेत नयाँ तथा सुकिला नोट प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले दशैंको बेलामा ५, १०, २०, ५०, १ सय र ५ सय रुपैयाँ दरका नयाँ नोट सटही गर्दै आएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?