Breaking News

प्रविधि चमत्कार, ओइ गुगल भनेर बोलाउनुस सुन्छ

Oct Tue 2020 07:27:35

441 views

प्रविधि चमत्कार,  ओइ गुगल भनेर बोलाउनुस सुन्छ

 गुगलले नयाँ फिचर सहितको आफ्नो सेवामूलक फिचर सार्वजनिक गरेको छ ।


अब तपाईले गुगल एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस् र त्यसलाई आफ्नो आवश्यकता अनुसार काम लगाउनुहोस् । तपाईले गुगललाई बोलेर काम लगाउन सक्नुहुनेछ ।


गुगलले एन्ड्रोयड एपसँग आफ्नो भ्वाइस असिस्टेन्ट सिस्टम जोडेको छ । त्यसले तपाई हामीलाई दैनिक जीवनमा आवश्यक पर्ने धेरै भन्दा धेरै काम बोलेरै सहजै गराउन सकिन्छ ।


सामाजिक सञ्जालमा कुनै पनि समाचारको खोजी गर्न तथा खोल्न सोही एपले मद्दत गर्नेछ । यस्तै आफूलाई मन परेका गीत संगीत सुन्न पनि सोही एपले सहयोग गर्छ । यस्तै स्यानच्याटमा कुनै पनि सेलिब्रेटीको स्टोरी पढन समेत सहयोग गर्नेछ ।


गुगलले उक्त फिचरसहितको एप प्ले स्टोरमा रहेका एप मध्ये सर्वाधिक रुचाइएको ३० औं नम्बरमा पर्न सफल भएको छ । सहयोगका लागि सो एपलाई कुनै सटकट कि समेत आफै बनाउन सकिन्छ ।


तपाईले हे गुगल अर्थात, ओई गुगल भन्ना साथ तपाईलाई अब उसले सेवा दिनेछ । आवाज सहितको सेवालाई थप व्यवहारिक र आम मानिसको रोजाई बनाउने लक्ष्यका साथ गुगलले ल्याएको पछिल्लो फिचरलाई धेरैले मन पराएका छन् ।


उसले हरेक दिन जसो नयाँ नयाँ सोध तथा खोजीलाई पनि अगाडि बढाएको छ । जुन प्रविधिको इतिहासमा नयाँ नयाँ चमत्कार बन्दै गएको छ ।

भ्वाइस सिस्टमलाई बढी भन्दा बढी प्रभावकारी बनाउनका लागि उसले लिएका नीति तथा योजनालाई समेत आम मानिसले सहजै रुपमा लिएका छन् । कम्पनीका अनुसार उसको भ्वाइस सहयोग सिस्टम एन्ड्रोयड एपमा जोडेको छ ।


अर्थात् बोलेको भरमा नै एपले काम गर्नेछ । कम्पनीका अनुसार अब तपाईले गुगललाई ओइ गुगल भनेर बोलाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?