Breaking News

आईफोन–१२ का चार मोडलहरुको नयाँ फिचर्सहरु यस्ता छन्

Oct Wed 2020 02:18:41

2493 views

आईफोन–१२ का चार मोडलहरुको  नयाँ  फिचर्सहरु यस्ता छन्

    बजार मूल्य कति ?

एप्पल कम्पनीले आईफोन–१२ सिरिजअन्तर्गत चारवटा मोडल सार्वजनिक गरेको छ। एप्पलले आईफोन–१२ (६४, १२८ र २५६ जीबी स्टोरेज), आईफोन–१२ मिनी (६४, १२८ र २५६ जीबी स्टोरेज), आईफोन–१२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज) र आईफोन–१२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी स्टोरे) सार्वजनिक गरेको हो। यी मोडलहरुमा फाइभ जी नेटवर्कयुक्त रहेको कम्पनीले जनाएको छ। 

आईफोन–१२ प्रोको स्क्रिन पहिलेका आईफोनको तुलनामा ठूलो हुनेछ। तर पहिलोपटक यी फोनमा चार्जर र एयरफोन उपलब्ध गराइने छैन। पर्यावरणमाथि यसको प्रभाव कम पार्नलाई यस्तो गरिएको कम्पनीले जनाएको छ।

एप्पलका अनुसार आईफोन–१२ को स्क्रिन ६.१ इन्च हुनेछ भने पहिलेको तुलनामा यी सिरिजका फोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुनेछन्। कम्पनीले फोनमा रिजोल्यूसन धेरै हुने र तीनमा सिरामिक सिल्डको प्रयोग गरिएको जनाएको छ।

आईफोन–१२ प्रोको स्क्रिन ६.१ इन्चको हुनेछ भने आईफोन–१२ प्रो म्याक्सको स्क्रिन आकार ६.७ इन्चको हुनेछ।

यी फोनमा पहिलोपटक ए–१४ बायोनिक चिप लगाइएको कम्पनीले जनाएको छ। जसलाई पाँच न्यानोमिटरको प्रोसेसरमा बनाइएको छ। यसले फोटो अझ राम्रो हुने कम्पनीको दाबी छ।

कम्पनीले नयाँ आईफोनबाट फ्ल्यासको प्रयोगबिना नाइट–मोडमा सेल्फी लिन सकिने जनाएको छ। यसका अलावा कलर–कन्ट्रास्ट र आवाजको सवालमा पनि आईफोनको विशेषता पहिलेभन्दा राम्रो छ।

आईफोन-१२ मा १२ मेगापिक्सेलका दुई वटा वाइड एङ्गल क्यामरा दिइएको छ। कम्पनीले यसबाट कम प्रकाशमा पनि राम्रो तस्बीर खिच्न सकिने दाबी गरेको छ।

यस्तै आईफोन–१२ मा नाइट मोडमा टाइमल्याप्स विशेषता सहितको भिडिओ रेकर्डिङ सुविधा दिइएको छ। यसले पनि कम प्रकाशमा राम्रो भिडिओ रेकर्डिङ गर्नेछ।

सार्वजनिक गरिएका आईफोनको मूल्य ६ सय ९९ अमेरिकी डलरदेखि १ हजार १ सय ९९ अमेरिकी डलरसम्म पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?