Breaking News

स्मार्टफोनमा फिरौती माग्ने रेनसमवेयर भाइरसको आक्रमण, जब कल आउँदछ तब भाइरस सक्रिय हुन्छ

Oct Wed 2020 02:49:09

1511 views

स्मार्टफोनमा फिरौती माग्ने रेनसमवेयर भाइरसको आक्रमण, जब कल आउँदछ तब भाइरस सक्रिय हुन्छ

एन्ड्रोइड फोनमा एक फिरौती माग्ने भाइरस अर्थात् रेनसमवेयर फैलिरहेको तथ्य खुलासा गर्दै माइक्रोसफ्टले फोन प्रयोगकर्ताहरुलाई सचेत गरेको छ ।

उक्त रेनसमवेयरको नाम MaiLocker.B रहेको छ । यो भाइरस अनलाइन फोरम तथा वेबसाइटहरुको माध्यमबाट फैलिरहेको र एन्ड्रोइड प्रयोगकर्ताहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको छ ।

उक्त भाइरस विभिन्न खाले अनधिकृत एपहरुमा लुकेर रहने हुनाले कुनै पनि साइटबाट एपहरु डाउनलोड गर्दा सावधानी अपनाउनुपर्ने तथा आधिकारिक एपस्टोर भन्दा बाहिरबाट एपहरु डाउनलोड गर्न नहुने विज्ञको सुझाव छ ।

उक्त रेनसमवेयरले स्मार्टफोनमा आक्रमण गरेसँगै प्रयोगकर्तालाई फोनको स्क्रिन चलाउनबाट रोक्दछ र स्क्रिनलाई फ्रिज गरिदिन्छ । त्यसक्रममा स्क्रिनमा एउटा सन्देश पनि डिस्प्ले हुन्छ । उक्त सन्देशमा कानून कार्यान्वयन एजेन्सीबाट सो सन्देश रहेको भन्दै स्क्रिन अनलक गर्नका लागि पैसा तिर्नुपर्ने जानकारी गराइएको हुन्छ ।

यो फिरौती माग्ने भाइरसले कल नोटिफिकेसनको फाइदा उठाउँदछ । जब स्मार्टफोनमा कल आउँदछ तब भाइरस सक्रिय हुन्छ । साथै जब प्रयोगकर्ताले होम बटन वा रिसेन्ट एप बटन थिच्दछ तब भाइरसले सोही मेसेजसँगै स्क्रिन लक गरिदिन्छ ।

माइक्रोसफ्टका अनुसार अधिकांस एन्ड्रोइड भाइरसभन्दा फरक यस भाइरसले स्मार्टफोनका फाइललाई एनक्रिप्ट गरेर त्यसमाथिको पहुँचलाई रोक्दैन । त्यसको साटो यसले स्क्रिनलाई लक गरिदिन्छ र स्क्रिन खोल्नका लागि फिरौती माग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?