Breaking News

सामसुङ स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिज जनवरीमा आउदै

Oct Thu 2020 09:57:12

2233 views

सामसुङ स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिज जनवरीमा आउदै

सामसुङले सन् २०२१ को सुरुआतमै आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । जनवरी महिनामा सार्वजनिक हुने एस २१ सिरिजमध्ये ग्यालेकसी एस २१ अल्ट्रा स्मार्टफोन कस्तो हुनेछ भन्ने बारेमा केही तथ्यहरु लिक भैसकेका छन् ।

सार्वजनिक भएका समाचारहरु अनुसार ग्यालेक्सी एस २१ अल्ट्रामा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ भने सेल्फी क्यामरा ४० मेगापिक्सेलको हुनेछ ।

एन्ड्रोइड ११ बाट चल्ने एस २१ अल्ट्रामा ६.८ इन्चको डाइनामिक एमोलेड डिस्प्ले रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?