Breaking News

उड्ने कार, ३ मिनेटमै बन्छ प्लेन, यस्ता छन् विशेषताहरु

Nov Wed 2020 03:13:34

2921 views

उड्ने कार, ३ मिनेटमै बन्छ प्लेन, यस्ता छन्  विशेषताहरु

युरोप महाद्वीपस्थित स्लोभाकियामा एउटा उड्ने स्पोर्टस कार (एअर कार) को सफल परीक्षण गरिएको छ। सडकमा गुड्दागुड्दै यो कारले केवल ३ मिनेटमै प्लेनको रुप लिन्छ।  

परीक्षणका क्रममा यो कार १ हजार ५०० फिटको उचाइमा सफलतापूर्वक उडेको थियो। यो परीक्षण उडानको भिडियो सार्वजनिक गरिएको थियो। जुन भिडियो हेरेर प्रायः सबै हैरानमा पर्ने गरेका छन्। 

भिडियोमा यो कार एउटा रनवेमा देखिन्छ। अनि बटन दबाउना साथ यो कारमा पंख निक्लिन्छ र कार रनवेमा दौडिन सुरु गर्छ। अनि केवल ३ मिनेटमै यो कार उड्न थाल्छ। 

यो एअर कार स्लोभाकियाको कम्पनी क्लेन भिजनले तयार गरेको हो। कम्पनीको दाबी छ कि यो कारको प्रयोग आरामदायक र सेल्फ ड्राइभिङ यात्रा वा कमर्सियल हिसाबले गर्न सकिन्छ। 

यो कार आगामी वर्षदेखि सर्वसाधारणमाझ ल्याइने कम्पनीले जनाएको छ। तर मूल्यका विषयमा भने अहिले नै खुलाइसकेको छैन। 

यो एयर कारमा एकपटकमा ६२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गुड्ने कारका रुपमा यो हेभी देखिए पनि उड्ने हिसाबले निकै हल्का छ। 

यो दुईसिटे कारको तौल करिब ११ सय किलोग्राम रहेको छ। कारमा बीएमडब्ल्यू १.६ लिटर इन्जिन दिइएको छ। जसले १४०बीएचपीको पावर जेनरेट गर्न सक्छ। 

कारलाई टेकअफ गर्नका लागि कम से कम ९८४ फिटको रनवे चाहिने कम्पनीले जनाएको छ। यसको अधिकतम स्पिड २०० किलोमिटर प्रतिघन्टा रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?