Breaking News

नचिनेका नम्बर वा मेसेन्जरबाट अश्लिल सन्देश आए सावधानी अपनाउन साइबर व्यूरोको आग्रह

Nov Wed 2020 03:34:46

1257 views

नचिनेका नम्बर वा मेसेन्जरबाट अश्लिल सन्देश आए सावधानी अपनाउन साइबर व्यूरोको आग्रह

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्यूरोले अज्ञातस्थानबाट आएका फोन वा मेसेन्जरमा आएका म्यासेजबारे सधै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले एक सूचना जारी गर्दै सो आग्रह गरेका हुन् ।

पछिल्ला दिनहरुमा विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाईल फोन नम्बरहरुमा, अननोन, प्राइभेट वा नदेखिने नम्बर तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्ट ' बाट बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भइरहेको छ, हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर भेरिफिकेसनका लागि तपाइले आफ्नो न्यूड फोटो, भिडियो पठाउनु होस भनेर ईमेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ईमेल, फेसबुकको आई डी, मेसेन्जर डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु प्राप्त भईरहेको छ,' व्यूरोद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ' यस किसिमको सूचना एवं उजुरी पछि प्रहरीले गैर कानुनी एवं सर्वसाधारणलाई झुक्याउने क्रियाकलाबाट सचेत रहन सबैलाई अनुरोध छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?