Breaking News

अब माइक्रोसफ्ट टिममा एकैपटक १००० जना जोडिन सक्ने

Nov Tue 2020 06:42:04

910 views

अब माइक्रोसफ्ट टिममा  एकैपटक १००० जना जोडिन सक्ने

माइक्रोसफ्ट टिम्समा एकैपटकमा १ हजार जना सहभागी भएर भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।आफ्नो ०००० योजना अन्तर्गत कम्पनीले यस्तो खुलासा गरेको हो । जसमा कम्पनीले भनेको छ, ‘अब १ हजार जना सम्म सहभागी भएर अन्तरक्रियात्मक बैठक गर्नुस् ।’

यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मिति टुंगो लागिसकेको छैन । गत जुलाई देखि नै तयारी सुरु गरिएको यो फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।

गत अगष्टमा माइक्रोसफ्टले नयाँ उच्चस्तरीय सञ्चार योजनाको घोषणा गर्दै माइक्रोसफ्ट ३६५ तथा अफिस ३६५ का सशुल्क प्रयोगकर्ताले लाइभ इभेन्टमा २० हजारसम्म सहभागी माइक्रोसफ्ट टिम्समा जोडिनसक्ने फिचर सुरु गरेको थियो ।

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेलाले गत हप्ता एक घोषणा गर्दै माइक्रोसफ्ट टिम्सका दैनिक प्रयोगकर्ता ११ करोड ५० लाख रहेको जानकारी दिएका थिए । उनका अनुसार माइक्रोसफ्ट टिम्समा अहिले दैनिक ३० अर्ब मिनेट अन्तरक्रिया हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?