Breaking News

जिवनभरमा ९ वर्ष मोबाइल हेरेर बित्दछ - अमेरिकी एक अध्ययन रिपोर्ट

Nov Fri 2020 08:47:13

1098 views

जिवनभरमा ९ वर्ष मोबाइल हेरेर बित्दछ - अमेरिकी एक अध्ययन रिपोर्ट

एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ । मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो जीवनकालमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउँदछन् ।

अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरुले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । उक्त उमेर समूहका अमेरिकीहरुले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकी १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरुले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँदछन्।

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरु घरमै बस्न वा घरबाटै अनलाइनमा काम गर्न बाध्य बनिरहेको बेला मानिसहरुमा मोबाइल फोन तथा ल्यापटप लगायतका ग्याजेट चलाउने दरमा तीव्र बढोत्तरी भैरहेको छ । तर मानिसहरुमा प्रविधिको लत महामारीभन्दा अगाडिबाटै बसिसकेको थियो । खासगरी मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग बनेसँगै मानिसहरुमा फोनको लत समस्यको रुपमा खडा भएको शोधकर्ताको भनाई छ ।

वर्षौँदेखिका विभिन्न अध्ययन अनुसार अमेरिकीहरुमा समयक्रमसँगै फोनमा समय बिताउने दर बढिरहेको छ र फोनमा बिताउने समय घटाउनका लागि उनीहरु संघर्षरत छन् । तथापि स्क्रिनमा आँखा पूराउने समय अर्थात् स्क्रिन टाइम कटौतिका बाबजुत मानिसहरुमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ । स्मरण रहोस् प्रयोगकर्ताहरुलाई मोबाइलको स्क्रिनमा धेरै समय नबिताउनका लागि प्रेरित गर्न गुगल, एप्पल तथा फेसबुक लगायतका कम्पनीहरुले स्क्रिन टाइम मनिटर गर्ने टुल्स ल्याइसकेका छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?