Breaking News

सावधान : मोबाइल एप चलाउनुहुन्छ ? तपाईको रकम थाहै नपाई यसरी चोरी हुनसक्छ ! सचेतनाका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला ।

Nov Sun 2020 07:31:33

1076 views

सावधान : मोबाइल एप चलाउनुहुन्छ ? तपाईको रकम थाहै नपाई यसरी चोरी हुनसक्छ ! सचेतनाका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला ।

काठमाडौँ । सावधान हामी सुरुमा नै तपाइलाई होसियारीको चेतवानी दिँदै छौ । किनकी कोरोना भाइरसपछि मानिसहरु बैक, वा एटिमको सट्टा अधिकतम मोबाइल बैकिङ्ग एप चलाइरहेका छन् । इसेवा लगायतका मोबाइल वालेट चलाइरहेका छन् । तपाईपनि यसो गर्दै हुनुहुन्छ भने अहिले नै ती एप हटाउनुहोस् ।

नेपालमा भपर्दो मोबाइल सुरक्षा नआएसम्म यस्ता काम नगर्नुहोस् । अन्यथा तपाईले थाहा नपाई बैक वा वालेटमा भएको रकम चोरी हुन सक्छ । यो तथ्यको सप्रमाण हामी तपाइलाई यो कुरा भन्दैछौ । मोबाइल वालेट वा मोबाइल बैकिङ्ग चलाउन सिमकार्ड जरुरी छ ।

हामी यति संवेदनशील भएर यो कुरा किन गर्दैछौ भने भक्तपुर कौशलटारमा व्यापार गरी बस्ने साजन श्रेष्ठले नराम्रोसँग ठगिए । उनले कल्पना नै नगरेको घटना भोग्नु परेको छ । यही घटनाले पुष्टी गर्छ । अहँ नेपाल टेलिकमको सिमकार्ड इसेवा वा मोबाइल बैंकिङमा प्रयोग गर्नु सुरक्षित छैन । यो त प्रतिनिधि घटना मात्र हो । यस्ता कयौँ घटना हाम्रो सम्पर्कमा आएका छन् ।

घटना के हो ? कसरी भयो ?

साजन श्रेष्ठ । भक्तपुरको कौशलटरमा लामो समयदेखि पसल गर्ने व्यपारी हुन् । पहिले उनी मोबाइलका रिचार्ज कार्ड बेच्थे । तर देश डिजिटल बन्यो भन्ने सन्देश उनको कानमापनि पर्यो । उनलेपनि इसेवाको बारेमा सुने । त्यसपछि रकम इसेवा (डिजिटल वालेट) मा राखेर मोबाइल रिचार्ज गरिदिन थाले । तर एकदिन उनको मोबाइलपनि चल्न छोड्यो ।

नेपाल हो बेलाबेला नेटवर्क त गइहाल्छ भनेर त्यो दिन वास्ता गरेनन् । साँझसम्मपनि मोबाइल नचलेपछि के गरौँ र कसो गरौँ भयो । उनको कल्पनामापनि छैन की मोबाइलको सिम अर्कैले लैजान्छ भने । मोबाइलको सिमकार्ड मोबाइलमा नै छ । अब उनलाई मोबाइल पो बिग्रियो भन्ने लाग्यो । धेरै ठाउँ देखाए । मोबाइलत ठिक छ । उनले अर्को सिम हालेर चेक गरे । मोबाइल चल्छ । अब भएको के हो उनी नै तिन छक्क परे । उनलाई त्यतिबेलासम्मपनि सिम अरुले नै लगिसकेको कल्पनापनि छैन । हामी भएपनि हुँदैन नै थियो ।

जब उनले आफ्नो एकाउन्टमा भएको रकम चलाउन खोजे, इसेवा एकाउन्टमा समस्या देखियो । पासवर्ड मिलेन भन्ने जानकारी आएपछि उनले केहि भएको होला भनेर आफ्नो पासवर्ड रिसेट गर्न खोजे । पासवर्ड रिसेट गर्न मोबाइल चाहिने भएकाले उनले मोबाइल प्रयोग गर्न खोजे । तर मोबाइलमा नेटवर्क नै देखाएन । त्यसपछि उनी नेपाल टेलिकम गए । बल्ल थाहा भयो कि नक्कली साजन श्रेष्ठले सक्कली साजन श्रेष्ठको सिमकार्ड लगी, इसेवा ह्याक गरी रकम चोरी गरेको रहेछ ।

उनलाई चक्कर चल्यो । टेलिकममा बुझ्दा त म साजन श्रेष्ठ मेरो मोबाइल हरायो भनेर साजनको नामको सिम अर्कैले निकालेर लगिसकेको रहेछ । अब न टेलिकमसँग कस्तो व्यक्ति आयो हुलिया नै छ न त कुनै सीसीटीभी फुटेज । साजनलाई आपत पर्यो ।

सिम वास्तविक साजनको, सिम लिदा साजनको फोटो, हस्ताक्षर छ तर अर्को व्यक्तिले टेलिकमबाट सिम लिएर गयो । सिम लिएर गएको व्यक्तिले इसेवा एप डाउनलोड गर्यो । एपमा मोबाइल हराएको अप्सनबाट पासवर्ड रिसेट गरायो । सिममा आएको कोड प्रयोग गरेर साजनको सबै रकम स्वाहा पार्यो ।

उनको नाम साजन श्रेष्ठ, घर काभ्रेपलान्चोक । तर नेपाल टेलिकममा साजन श्रेष्ठ नाम गरेका रसुवाका व्यक्तिको नागरिकता पेश गरिएको छ । न पुस्ते विवरण हेरिएको छ, न नागरिकता नम्बर भेरिफाइड गरिएको छ । नेपाल टेलिकमले मात्र नाम हेरेर असम्बन्धित व्यक्तिलाई सिमकार्ड दिंदा काभ्रेपलान्चोक घर भएका साजन श्रेष्ठ नमज्जासँग ठगिए।

इसेवाबाट बार्षिक लाखौँको कारोबार गर्ने उनले धन्न त्यो दिन इसेवामा धेरै रकम लोड गरेका रहेनछन् । रकम ४५ सय चानचुन रुपैयाँ थियो । तर १ रुपैयाँ नै किन नहोस्, आफ्नो सिमकार्ड नै अरुले लगेर रकम ह्याक भएपछी उनले कानुनी उपचार सुरु गर्ने निर्णय गरे।

त्यसपछि उनले प्रहरीलाई पनि खबर गरे भने उनले इसेवामा पनि आफ्नो एकाउन्ट ह्याक भइ पैसा चोरिएको जानकारी गराए । उनको आशंका छ । कोहि एक व्यक्ति भन्दा पनि ठुलै गिरोह लागेको छ यो गलत कार्यमा । ह्याकरहरुले म्याक बुक चलाएको देखिन्छ । यसकारण पनि साना केहि व्यक्ति यस्तो गलत कार्यमा लागेको भन्दा पनि ठुलै गिरोह यस्तो कार्यमा लागेको हुनुपर्ने उनको भनाइ छ ।

ह्याकरले टेलिकममा प्रक्रिया पूरा गरेर नै सिमकार्ड लिएको देखिन्छ । ह्याकरले सिमकार्ड लिन चाहिने फर्मसमेत भरेका छन् भने आफ्नो नागरिकताको कपि पनि छोडेका छन् । यतिमात्र होइन उनले साजन श्रेष्ठ नाम गरेको सक्कल नागरिकतासमेत पेश गरेका छन् ।

तर नेपाल टेलिकमसंग नाममात्र भेरिफाइ गर्ने सिष्टम भएकाले सक्कली साजन श्रेष्ठलाई नक्कली साजन श्रेष्ठले ठगेका छन् । कमजोरी नेपाल टेलिकमको सिष्टममा छ । त्यहि कमजोरीको फाइदा उठाउँदै ह्याकरहरु सक्रिय छन् । तर यसरी दिनानुदिन प्रयोगकर्ताहरु ठगिदा पनि नेपाल टेलिकमले आफ्नो सिष्टम नसुधार्नुलाई पनि टेलिकमको नियतमाथि कतै प्रश्न त छैन भन्ने आशंका जो कोहीलाई हुन सक्छ।

साजन श्रेष्ठको भाग्य नै भन्नुपर्छ, सो दिन उनले ४५०० रुपैयाँ चानचुनमात्र इसेवामा लोड गरेका छन् । तर इसेवाको व्यवसायिक कारोबार गर्ने उनले सो दिन ठुलो रकम राखेको भए सो दिन ठुलै रकम ह्याक हुन सक्थ्यो । इसेवा एकाउन्ट मात्र होइन, मोबाइल नम्बर प्रयोग गरी बैंकको खातासमेत ह्याक हुन सक्छ । यति मात्र हैन ।

मोबाइल एपबाट लाखौ कारोबार गर्न सकिन्छ । बैकमापनि मेरो मोबाइल हरायो पासवर्ड रिसेट गरिदिनु भनेर इमेल मात्र पठायो भनेपनि बैठकले मोबाइल नम्बरबाट रिसेट हुनेगरी सेवा दिन्छ । यसरी सिम नै चोरेपछि बैकको सबै रकम नसिध्याउलान् भन्न सकिन्न । किनकी ह्याकर एकदमै रणनीतिक हुन्छ । सबै सचेत हुन जरुरी छ । बैक र टेलिकम सेवा प्रदायकले उच्च कोटीको सुरक्षा अपनाउन जरुरी छ ।

यस्ता घटनाबाट कसरी बच्ने त ?
यता बैंकिङ क्षेत्रमा काम गरिरहेका आइटीकर्मीहरु भने ह्याकरहरुबाट आफ्नो बैंक एकाउन्टमा रहेको रकम जोगाउनका लागि सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन् । टेलिकममा गलत मेसेज दिएर, वा सिमकार्डको प्रयोग गरी पासवर्ड चोर्ने लगायतका घटना दिनानुदिन बढीरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने बैंकमा काम गरिरहेका आइटीकर्मीहरुको छ ।

नेपालको समग्र आइटी, टेलिकम लगायतका संस्थाको सिष्टम, बैंकहरुकै पनि कतिपय सिष्टमहरुमा समस्या भएको बताउने नेपालका आइटी विज्ञहरु पनि यस्ता सार्वजनिक संस्थाहरुको सिष्टममै खोट देख्छन् । करोडौं रुपैयाँ खर्च गरेर बनाइएको सिष्टममा खोट छ, टेलिकम निसन्देह यस्तै छ हाम्रो सिष्टम भनेर पन्छिन खोज्छ अनि जनताहरु ठगिइरहेका छन् । यसतर्फ तपाईंहामी सबै सचेत हुन जरुरी छ ।

आइटी विज्ञहरु भन्छन् सिष्टममा खोट छ, हामी सचेत हुनुपर्छ । बैंकरहरु भन्छन्, ग्राहकहरु सचेत हुनुपर्छ । टेलिकम भन्छ, हाम्रो सिष्टम नै यस्तो छ । अनि हामी ग्राहकहरु ठगिरहेको देखेर पनि लाचार भएर भगवान भरोसे भएर बस्नुपर्ने स्थिति छ । डिजिटलाइजेसनतर्फ जाँदै गरेको मुलुकमा यस्ता ह्याकरहरु सक्रिय हुँदा सम्बन्धित निकाय सिरियस हुन ढिलो पो होला कि ?

यसैले हामी भन्छौ प्रणाली (सिस्टम) सुधार नभएसम्म सबैले एकैपटक उनीहरुका एप हटाइदिनुहोस् । टेलिकमका सिम बन्द गरेर राखिदिनुहोस् । त्यसपछि उनीहरुलाई झड्का लाग्छ । आफु ठगिनु भन्दा बच्नु राम्रो हो । सडकमा आन्दोलन हैन । ग्राहकबाट रकम कुम्ल्याउने तर सुरक्षा प्रणाली राम्रो नबनाउँनेलाई ठिकमा ल्याउने आन्दोलन यही नै सही हो उनीहरुका सेवा एकसाथ बन्द गरिदिनु वा नचलाउनु ।

News From : जनबोली 

सचेतनाका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?