Breaking News

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले मसिंर २१ गते : उत्कृष्ट ५ मा को को परे हेर्नुहोस्

Nov Fri 2020 06:43:50

845 views

आइसिटी अवार्ड २०२० को  ग्राण्ड फिनाले मसिंर २१ गते : उत्कृष्ट ५ मा को को परे हेर्नुहोस्

आइसिटी अवार्ड २०२० को विभिन्न ४ विधाहरुमा उत्कृष्ट ५ को छनौट भएको छ ।  छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

आइसिटी अवार्ड २०२० को विभिन्न ४ विधाहरुमा उत्कृष्ट ५ को छनौट भएको छ ।  छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको थियो ।

छनौट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिवी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि रहेका छन ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युजक्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी रहेका छन् । 

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको आइसिटी अवार्ड २०२० को छनौट प्रकृया विगत २ महिनादेखि जारी छ ।

अन्य विभिन्न ७ विधामा दोश्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । 

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले मसिंर २१ गते आयोजना हुनेछ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रशारण समेत आयोजकले जनाएको छ ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, फोन पे, एनआइटिसी, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो,  आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?