Breaking News

क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको 'वोर्ड अफ डाइरेक्टर्स" मा

Nov Fri 2020 07:31:03

1009 views

क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको 'वोर्ड अफ डाइरेक्टर्स" मा

कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विस्टा) को सन् २०२०-२२ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन् । 

यही मंसिर २ गते मंगलबार राति भर्चुअल माध्यमबाट बसेको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दैं चौरासिया सो पदमा आफ्नो दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् ।

यसअघि उनी सन् २०१८ देखि २० सम्मका निमित्त पनि क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थियो । चौरासियाले सन् २०१७ देखि २०१९ सम्म क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

फेडेरेसन अफ हेलेनिक ईन्फर्मेसन टेक्नोलोजी एन्ड कम्युनिकेसन्स ईन्टरप्राइजेज ग्रिसबाट प्रतिनिधित्व गरेका यानिस सिरोसको अध्यक्षतामा निर्वाचित २२ सदस्यीय समितिमा मलेसिया, हङकङ, ताईवान, वर्मुडा, बेलारुस, ब्राजिल, रोमानिया, स्पेन, म्यासेडोनिया, जापान, संयुक्त अधिराज्य, नेपाल, दक्षिण कोरिया, बङ्गलादेश, अर्मेनिया, अर्जेन्टिना, नाइजेरिया, ईजिप्ट, मेक्सिको, क्यानाडा, र कोस्टारिकाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका छन् । 

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?