Breaking News

नोकियाको ६३०० र ८००० मोडल ह्याण्डसेट पुनः सार्वजनिक यस्ता छन् विशेषताहरु

Nov Sat 2020 05:13:43

2464 views

नोकियाको ६३०० र ८००० मोडल ह्याण्डसेट  पुनः सार्वजनिक यस्ता छन् विशेषताहरु

नोकियाको दुई ओटा फोन सेट सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ६३०० फोरजी र नोकिया ८००० फोरजी फोन सार्वजनिक गरेको हो । 

नोकिया ६३००

यो फोन भने सानो डिस्प्ले र कीप्याडसँग आउने गर्दछ । नोकिया ८००० प्रिमियम डिजाइन सँगै आउने गर्दछ । यो तीन ओटा रङ्गमा उपलब्ध छ । यसको डिजाइन सिसाले बनाइएको जस्तो देखिन्छ । 

यसको छेऊ तिर चुच्चो कर्भ रहेको छ र कीप्याड पनि थ्री डी आकारको छ । यो फोनसेटले फोरजी सपोर्ट गर्दछ । यो हयाण्ड सेटमा २.८ इन्च एलसीडी स्क्रीन रहेको छ क्वालकम स्नयापड्रागन २१० क्वाड प्रोसेसर प्रयोग गरिएको छ ।

 यसमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा २ मेगापिक्सेलको क्यामेरा र १५०० एमएचको ब्याट्री राखिएको छ । यसको मूल्य ७९ युरो रहेको छ । 

नोकिया ६३००

नोकिया ६३०० ले पनि फोरजी सपोर्ट गर्छ । यो फोन तीन ओटा रङ्गमा उपलब्ध भएको छ । यो हयाण्ड सेटमा २.४ इन्चको क्यूभीजीए डिस्प्ले रहेको छ । 

नोकिया ६३०० मा क्वालकम स्नयापड्रागन २१० प्रोसेसर राखिएको छ । यसमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यो ह्याण्डसेटमा १५०० एमएएचको ब्याट्री राखिएको छ । साथै फोनमा काई ओएस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । यसको मूल्य ४९ युरो रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?