Breaking News

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

Nov Sat 2020 05:15:44

627 views

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सवारी नियम उल्लंघन गरेवापत चालकले तिर्नु पर्ने जरिवाना अब अनलाइनबाटै तिर्न सकिने भएको हो । 

अनलाइनबाटै जरिवाना तिर्नको लागि महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लघंन गरेवापत तिर्नुपर्ने जरिवाना अनलाइनबाटै भुक्तानी गर्न मिल्ने गरी नयाँ सफ्टवेयर विकास गरेको हो । 

केही साताभित्रै यो नयाँ सफ्टवेयर प्रयोगमा ल्याइने छ । यो सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ ।

बिमा दाबी सम्बन्धी कागजपत्र सिफारिस पनि अनलाइनबाटै हुने गरी प्रविधिको प्रयोग गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?