Breaking News

अब विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न सकिने

Dec Sat 2020 07:18:44

1043 views

अब विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न मिल्ने नीतिगत व्यवस्था गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सो व्यवस्था गरेको हो ।

उक्त व्यवस्था अनुसार अब नेपालबाट विदेशका जुनसुकै अनलाइनबाट सामान खरिद गरी नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न सकिने नीतिगत व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

विदेशी मुद्रामा अनलाइन भुक्तानीमा अहिले नीतिगत सहजिकरण गरिएको हो, यसमा सम्बन्धीत विभागले सीमा निर्धारण लगायत अन्य विषयमा कार्यविधि बनाउनेछ,’ भट्टले भने, ‘यसरी विदेशी अनलाइनबाट सामान खरिद गर्दा मुद्रा सटही गर्न सकिनेछ। ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?