Breaking News

आइफोन ११ को डिस्प्लेमा समस्या, डिस्प्लेमा छुँदा रेस्पोन्ड हुँदैन

Dec Mon 2020 05:28:13

713 views

आइफोन ११ को डिस्प्लेमा समस्या, डिस्प्लेमा छुँदा रेस्पोन्ड हुँदैन

एप्पलको आइफोन ११ को डिस्प्लेमा समस्या देखिएको छ । एप्पलका अनुसार आइफोन ११ को डिस्प्लेमा यस्तो समस्या देखिएको छ जसका कारण डिस्प्लेमा छुँदा रेस्पोन्ड हुँदैन ।

२०१९ को नोभेम्बर देखि सन् २०२० को मे महिनाको बीचमा उत्पादन भएका आइफोनहरुमा यस्तो समस्या देखा परेको एप्पलले जनाएको छ ।

उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै एप्पलले आइफोन ११ को डिस्प्ले नि:शुल्करुपमा परिवर्तन गरिदिने कार्यक्रम सुरु गरेको छ ।

आइफोन ११ को डिस्प्लेमा पत्ता लागेको आम समस्या बाहेक अन्य टुटफुट वा अतिरिक्त समस्याहरुको मर्मतका लागि चाहिँ प्रयोगकर्ताले रकम तिर्नुपर्ने हुनसक्ने एप्पलले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?