Breaking News

सेयर बजारमा नकारात्मक सर्किट,एकैदिन १२३ अंकले बजार घट्यो, अब के हुन्छ ?

Dec Sun 2020 06:23:12

594 views

सेयर बजारमा नकारात्मक सर्किट,एकैदिन १२३ अंकले बजार घट्यो, अब के हुन्छ ?

काठमाडौं, । साताको पहिलो कारोबार दिन आइतवार (२१ मंसिर ) नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आइतवारका लागि कारोबार बन्द भएको हो । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ ।

कारोबार भने ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि बजार नराम्ररी प्रभावित हुन गएको अनुमान गरिएको छ। यसबाहेक निरन्तर बजारको सुधारबारे नकारात्मक हल्ला फैल्याइएकोले पनि  बजार घटेको बताइन्छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको समीक्षाको व्यवस्था अनुसार राष्ट्र बैंकले तत्कालको लागि मार्जिन लेन्डिङको सीमा १० प्रतिशत घटाउने तयारी गरेको छ । अहिलेसम्म त्यस्तो मार्जिनको सीमा ७० प्रतिशत छ । स्रोतको दाबीलाई मान्ने हो भने अब त्यो ६० प्रतिशतमा झर्छ ।

तर, पुँजीबजार अझै बढ्दै जाने हो भने त्यसलाई अर्धवार्षिक समीक्षाबाट त्यो सीमालाई ५० प्रतिशतमा झार्नुपर्नेगरी राष्ट्र बैंकमा छलफल भएको थियो । ‘शेयर मार्जिनका लागि स्ट्यान्डर्ड मार्जिन भनेको ५० प्रतिशत नै हो । तर, अहिले चाहिँ १० प्रतिशत मात्रै घटाउने तयारी थियो,’ स्रोतले भन्यो ।

कारोबार भएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९.१३ प्रतिशतले घटेको छ ।

बजार घटेको दिन रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । गुमाउनेमा भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताहरु रहेका छन् ।

यस्तै सबैभन्दा धेरै कारोबार भने नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको बर्चश्व कायमै छ । पुनर्बीमाको १ अर्ब १६ करोड र नेपाल लाइफको ४४ करोड ९० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?