Breaking News

पुनर्बीमा कम्पनीको बित्तिय अबस्था यस्तो छ, लगानीकर्ताले लङ्ग टर्मको लागि इन्भेष्ट गरिरहेका छन्

Dec Mon 2020 03:33:09

1074 views

पुनर्बीमा कम्पनीको बित्तिय अबस्था यस्तो छ, लगानीकर्ताले लङ्ग टर्मको लागि इन्भेष्ट गरिरहेका छन्

पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ताको उच्च आकर्षण रहेको देखिएको छ । १० अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको भविष्य राम्रो देखिएकोले पनि लगानीकर्ताहरुको आकर्षण देखिएको हो। शेयर बजारमा नेप्से सूचकले नयाँ नयाँ रेकर्ड बनाउदै गर्दा पुनर्बीमा कम्पनीको शेयरमूल्य पनि पहिलो कारोबार मूल्यभन्दा ४८२ प्रतिशतसम्मले बढेर कारोबार भएको छ। 

यसबीचमा कम्पनीको शेयर प्रति कित्ता न्यूनतम ३१५ रुपैयाँदेखि १८३६ रुपैयाँसम्म कारोबार भएको छ। यस आधारमा कम्पनीको शेयरमूल्य ४८२.८५ प्रतिशतसम्म बढेर कारोबार भएको हो।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार लगानीकर्ताहरुले पुनर्बीमा कम्पनीको शेयरमा लङ्ग टर्मको लागि इन्भेष्ट गरिरहेका छन्।

कम्पनीको वित्तीय अवस्था 

नेपाल पुनर्बीमा कम्पनीले हालसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छैन। अन्य बीमा कम्पनीहरुबाट पनि तथ्यांक आउनुपर्ने भएकोले समयमै वित्तीय विवरण प्रकाशित गर्न नसकिएको पुनर्बीमा कम्पनीले जनाएको छ।

त्यस अनुसार पछिल्लो पटक प्रकाशित (गत आर्थिक वर्षको चौंथो त्रैमास) गरेको वित्तीय विवरण अनुसार एक अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ४१.८८ प्रतिशत बढी हो।

यसैगरी, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३१ करोड ४३ लाख रुपैयाँले मात्रै बढेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले पुर्नबीमा कमिशन शुल्कबाट ५ करोड ८३ लाख आम्दानी गरेको छ भने २ अर्ब ३ करोड २० लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?