Breaking News

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

Dec Fri 2020 03:23:34

1021 views

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

यहि मंसिर १३ गते सम्पन्न चुनावबाट निर्वाचित महासघंको नयाँ कार्यसमितिलाई एक कार्यक्रमको आयोजना गरी क्यान महासंघले स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

समारोहमा प्रदेश १ बाट पूजा भटट्राई, प्रदेश २ बाट नन्दनी गुप्ता, वागमति प्रदेशबाट अनिता थापा, गण्डकी प्रदेशबाट अनुषा देवकोटा, लुम्बिनी प्रदेशबाट प्रिया नेपाली, कर्णाली प्रदेशबाट टिका पाण्डे, सुदुरपश्चिम प्रदेशबाट मुना भट्टराई लगायत लाई सम्मान तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, क्यानका पूर्व अध्यक्ष सुरेश कर्ण तथा क्यानका महासचिव नारायण थापाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?