Breaking News

आइसिटी अवार्ड २०२० का उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरु

Dec Fri 2020 06:56:20

1181 views

आइसिटी अवार्ड २०२० का उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरु

आइसिटी अवार्ड २०२० अन्तरगत स्टार्टअप आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरु छानिएका छन् । 

उत्कृष्ट ५ स्टार्टअप कम्पनी : 


बिजहब आइटी सर्भिस प्रा.ली

बिजहब आइटी सर्भिसले ओटीस नामक अनलाइन लर्निङ प्लेटफर्म सञ्चालन गरिरहेको छ । २०७६ साल असार महिनामा स्थापना भएको कम्पनीले ओटिस बाहेक अन्य आइटी सर्भिसेसका कामहरु पनि गरिरहेको छ ।

ओटिसमा हाल ७५ भन्दा बढी कोर्सहरु रहेका छन् । ओटिसमा हालसम्म ८ हजार भन्दा बढी विद्यार्थी दर्ता भएका छन् भने ३ हजार विद्यार्थीले अहिले अध्ययन गरिरहेका छन् । 

ओटिसमा अन डिमाण्ड भिडियो लेक्चर, रिसोर्सेस, डिस्कसन फोरम, सोलुसन, एमसीक्यु टेष्ट लगायतका सुविधाहरु २४ सै घण्टा उपलब्ध रहेका छन् ।

बिजहब आइटी सर्भिसको कार्यालय अनामनगर काठमाडौंमा रहेको छ । सन्तोष भट्टराई, सुवास पौडेल, प्रदिप सिग्देल र ऋषिराम चालिसे कम्पनीका सहसंस्थापक रहेका छन । कम्पनीले १७ जनालाई रोजगारी दिएको छ । 

क्रिप्टोजेन नेपाल प्रा.लि.

क्रिप्टोजेन नेपाल इन्फरमेसन सेक्युरिटी कम्पनी हो । विभिन्न संघसंस्थाहरुलाई साइबर क्षेत्रमा सुरक्षित गराउने उदेश्य अनुरुप २०७६ जेष्ठमा कम्पनी स्थापना भएको हो । 

कम्पनीले आइएस अडिट, भल्नेराबिलिटी एसेसमेन्ट, पेनेट्रेसन टेस्टिङ, आइटी सेक्युरिटी कन्सल्टेन्ट, इन्सिडेन्ट रेस्पोन्स, इन्फरमेसन सेक्युरिटी ट्रेनिङ, सर्भर एसेसमेन्ट लगायतका साइबर सुरक्षामा आधारित सेवाहरु प्रदान गर्दैं आएको छ ।

कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजी, प्रभु बैंक, सिद्धार्थ बैंक, सडक विभाग, प्रिज्मा एडभरटाइजिङ जस्ता संस्थालाई सेवा दिइरहेको छ । क्रिप्टोजेन नेपालको कार्यालय नागपोखरी काठमाडौंमा रहेको छ । 

वषन्त पाण्डे, निर्मल दाहाल, आदित्य खाती र सन्तोष भण्डारी कम्पनीको सहसंस्थापक छन । कम्पनीले ९ जनालाई रोजगारी दिएको छ । 

जीनियस सिस्टम्स प्रा.लि. 

जिनियस सिस्टम प्रालि एक इमर्जिङ आइटी कम्पनी हो । २०७५ साल असोजमा स्थापना भएको जिनियस सिस्टमले जीनियस टिभी, नेपाली पात्रो, टाइम्स अफ नेपाल, जीनियस ईआरपी, माई वर्ल्डलिंक, नेपाली कीबोर्ड र नेपाल स्टक प्रडक्टहरुलाई सेवा दिइरहेको छ । 

ब्रिजेन महर्जन र समित थिङले स्थापना गरेको कम्पनीले ३८ जनालाई रोजगारी दिएको छ । जिनियसले विकास गरेका प्रडक्टहरु ५० लाख बढि ग्राहकले प्रयोग गरिरहेको कम्पनीको दाबी छ । कम्पनीको कार्यालय घोबिघाट ललितपुरमा रहेको छ ।  

जिवी हेल्थ प्रा.लि. 

जिवी हेल्थ प्रा.लि.एक स्वास्थ्य क्षेत्रमा कृयाशिल टेक कम्पनी हो । २०७६ साउन महिनामा स्थापना भएको कम्पनीको मुख्य प्रडक्ट जीवी मोबाइल एप हो । नमस्ते डक्टर अनलाइन कन्सल्टेसन सर्भिस पनि कम्पनीले प्रदान गरिरहेको छ । 

जीवी नाम संस्कृत शब्दबाट आएको हो र यसको अर्थ ‘जीवित मानिस’ हुन्छ । कम्पनीले जीवी एपमार्फत अर्डर गरेको औषधि तथा स्वास्थ्य प्रडक्ट घरमै पु¥याउने, अनलाइन डक्टर कन्सल्टेसन, डक्टर अपोइनमेन्ट, डाइबेटिक केयर म्यानेजमेन्ट सोलुसन, व्यक्तिगत स्वास्थ्य रेकर्ड लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ । 

आभुषण ज्योती कंसकार मुख्य संस्थापक रहेको यस कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा रहेको छ । कम्पनीले ४४ जनालाई रोजगारी दिइरहेको जनाएको छ । 

नेप मेड्स प्रा.लि.

नेपमेड्स प्रा.लि हेल्थ टेक कम्पनी हो । नेपालको स्वास्थ्य सेवालाई डिजिटाइज गर्ने कम्पनीको उदेश्य रहेको छ ।

नेपमेड्सले अर्डर अनुसार औषधि डेलिभरी गर्ने र अनलाइन डक्टर कन्सल्टेसन, अनलाइन ल्याब, अनलाइन भ्याक्सीनेस लगायत विभिन्न सेवा प्रदान गर्दैं आएको छ ।

कम्पनीले अहिलेसम्म १९ हजारलाई सेवा प्रदान गरिसकेको छ । यसको कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहेको छ भने विराटनगरमा पनि शाखा विस्तार गरेको छ ।

कम्पनीका संस्थापक अम्बिका फुयाल लगायतको समुह रहेको छ । २०७५ साल चैत महिनामा स्थापना भएको कम्पनीले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।  

- From :  ictsamachar.com


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?