Breaking News

जीउजाङ्ग क्वान्टम कम्प्युटर विश्वकै पहिलो प्रकाशमा आधारित चीनियाँ वैज्ञानिकले बनाए

Dec Fri 2020 07:13:47

1024 views

जीउजाङ्ग  क्वान्टम कम्प्युटर विश्वकै  पहिलो  प्रकाशमा आधारित  चीनियाँ वैज्ञानिकले बनाए

चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाश अर्थात लाइटमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ । 

त्यो क्वान्टम कम्प्यूटरको नाम जीउजाङ्ग हो । जीउजाङ्ग नाम प्राचीन चिनियाँ गणितीय टेक्स्टबाट आएको हो । जिउजाङ्गले गणनाको लागि ७६ फोटोनहरु म्यानिपुलेटङ गर्ने नयाँ विधि प्रयोग गरेको छ ।

क्वानटम कम्प्यूटर अरु परम्परागत कम्प्यूटर भन्दा धेरै राम्रो काम गर्छ जसले विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र औषधीको क्षेत्रमा एकदमै प्रगति गराउन सक्दछ ।  

चीनले केही वर्ष देखि क्वान्टम टेक्नोलोजीमा एकदमै लगानी गरिरहेको छ । चीनले सन् २०१७ मा ह्याक प्रुफ र अल्ट्रा हाई सेक्युरिटी फिचर भएको क्वान्टम कम्युनिकेसन स्याटेलाइट सार्वजनिक गरेको थियो । 

चीनले बेजिङ र साङ्घाईको बिचमा  २००० किलोमिटरको ह्याक गर्न नमिल्ने क्वान्टम कम्युनिकेसन लाइन पनि निर्माण गरेको छ । 

चीनको क्वान्टम एक्सपेरिमेन्ट एट स्पेस स्केल स्याटेलाइट क्वान्टम कम्युनिकेसनको लागि पहिलो स्पेस ग्राउण्ड परीक्षण गर्ने प्लेटफर्म बनेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?