Breaking News

७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ को यस्ता फिचर्स

Dec Tue 2020 09:20:34

2539 views

७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ को यस्ता  फिचर्स

सामसङले एम सिरिजअन्तर्गत ग्यालेक्सी एम-५१ ल्याएको छ। नेपाली बजारमा पहिलोपटक ७००० एमएएच क्षमताको ब्याट्रीसहित स्न्यापड्रागन ७३० जी रहेको सेट ल्याइएको सामसङ नेपालले जनाएको छ।

ग्यालेक्सी एम५१ मा ६.७ इन्चको एएमएलइडी प्लस इन्फिनिटी ओ डिस्प्ले छ। साथै सिंगल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको कम्पनीले जनाएको छ।

यो स्मार्टफोनमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम, एआइ इन्जिन, क्वालकम, स्न्यापड्रागन इलिट गेमिङ सुविधाहरु छ।

स्न्यापड्रागन ७३० जीको एचडीआर गेमिङ, फोर के एचडीआर भिडियो क्याप्चरका कारण एम-५१ मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिने छ।

एम-५१ को स्मार्टफोनसँगै सामसङले टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध गराउने छ। ७००० एमएएच ब्याट्री २ घण्टाभित्रै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। एएमओ एलइडीको तुलनामा एम-५१ को एएमओ एलइडी प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका छ।

यो स्मार्टफोनमा ७००० एमएएचको ब्याट्री राख्दा पनि फोन जम्मा ९.५ एमएम पातलो र तौल दुई सय १३ ग्राम रहेको कम्पनीले जनाएको छ। ग्यालेक्सी एम-५१ को एमओएलइडी प्लस डिस्प्लेले कम पावर खपत गर्छ।

ग्यालेक्सी एम-५१ को क्वाड क्यामरा सेटपमा, दिन र रातमा फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आइएमएक्स् ६८२ सेन्सर छ। यो स्मार्टफोनमा एक सय २३ डिग्रीको फिल्ड अफ भ्यु रहेकाले मानव आँखाले जस्तो देख्छ त्यस्तै फोटो खिच्न सक्ने कम्पनीको दाबी छ। त्यसैगरी ग्यालेक्सी एम-५१मा भएको ५ मेगापिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिने कम्पनीले जनाएको छ।

यो फोनले सिंगल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्दै १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरकफरक आउटपुट प्रदान गर्ने बताइएको छ। जसबाट सात प्रकारका फोटो र तीन प्रकारका भिडियो रहने छ।

एम-५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी र ८/१२८ जीबीमा ग्यालेक्सी एम-५१ उपलब्ध रहेको जनाएको छ। स्मार्टफोन दुई वटा रंग इलेक्ट्रिक ब्लु र सेलेस्टियल ब्ल्याकमा उपलब्ध छ। ६/१२८ जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबी स्मार्टफोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?