Breaking News

आर्थिक वर्ष २०७६/०७७ को सबैभन्दा धेरै लाभांश दिने १० कम्पनीहरु (हेर्नुहोस्)

Dec Wed 2020 06:48:45

821 views

आर्थिक वर्ष २०७६/०७७ को सबैभन्दा धेरै लाभांश दिने १० कम्पनीहरु (हेर्नुहोस्)

आर्थिक वर्ष २०७६ ०७७ को नाफाबाट सेयरधनीलाई १० वटा कम्पनीहरुले सबैभन्दा धेरै लाभांश दिने घोषणा गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले अहिलेसम्म ९४ वटा संस्थाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये मुख्य १० कम्पनीमा एउटा वाणिज्य बैंक, एउटा बीमा कम्पनी ५ वटा माइक्रोफाइनान्स, दुई वटा उत्पादन तथा प्रशोधन समूहका र एउटा जलविद्युत कम्पनी रहेका छन् ।

दुई वटा कम्पनीले १०० प्रतिशत लाभांश दिने भएका छन् ।

यूनिलिभर नेपाल र हिमालयन डिस्टिलरीले १०० प्रतिशत लाभांश दिने भएका हुन् । यूनिलिभरले १०० प्रतिशत नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्टिलरीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगदसहित १०० प्रतिशत लाभांश दिने भएको छ ।

लाभांश घोषणा भएका कम्पनीमा तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा चौथो नम्बरमा नविल बैंक रहेको छ । नविलले ३३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

धेरै लाभांश दिने टप टेन कम्पनीको सूचीमा ५ वटा माइक्रोफाइनान्स रहेका छन् । वोमी माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस सेयर दिएको छ । त्यसैगरी, छिमेक लघुवित्त विकास बैंकले ७ प्रतिशत नगद र २२ प्रतिशत बोनससहित २९ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तले २७.४७ प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित १.४५ प्रतिशत नगद लाभांश सहित २८.९२ प्रतिशत, समता माइक्रोफाइनान्सले २६.३२ प्रतिशत लाभांश दिने भएका छन् । समताको २० प्रतिशत बोनस र त्यसमा लाग्नेकरसहित ६.३२ प्रतिशत नगद र साना किसान विकास बैंकले दिन लागेको २६.३१ प्रतिशत लाभांशमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद रहेको छ ।

त्यसैगरी, बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?