काठमाडौं । नेपाल टेलिकमले आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्ष २०२१ बाट आईपी टीभी सेवा सञ्चालनमा आउनेछ ।
टेलिभिजन सेवाका लागि अहिले परीक्षण प्रसारण भइरहेको छ। जनवरी १ देखि सेवा सुरु हुनेछ ।टेलिकमको एफटीटीएच (फाइबर टु दि होम) मार्फत इन्टरनेट सेवा लिइरहेका ग्राहकले अब टेलिकमकै आईपी टीभी चलाउन पाउनेछन् ।यो सेवा सुरु भएपछि टेलिकमका एफटीटीएच इन्टरनेटका ग्राहकले टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै सीपीईबाट पाउन सक्नेछन् ।
एउटै सीपीईबाट टेलिफोन, इन्टरनेट र टेलिभिजनको सेटटप बक्समा लाई लैजान सकिनेछ ।
‘यसले टेलिकमको सेवामा मूल्य अभिवृद्धि गर्छ,’ उनले भने,’ग्राहकलाई घरमा टेलिफोन, इन्टरनेट र टेलिभिजनका लागि छुट्टाछुट्टै सेवा प्रदायक खोजीरहन पर्दैन ।’