Breaking News

हुवावे आइसिटी अवार्ड २०२० को तयारी पूरा: ग्राण्ड फिनाले पौष ११ गते शनिवार हुने

Dec Thu 2020 06:10:52

1053 views

हुवावे आइसिटी अवार्ड २०२० को  तयारी पूरा: ग्राण्ड फिनाले पौष ११ गते शनिवार हुने

आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा हुने हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनालेको हिमालय टेलिभिजन, डिस होमका च्यानल, अनलाइन, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।

कोरोना महामारीको कारण यस वर्षको आइसिटी अवार्ड नियमित समयभन्दा ढिलो भए तापनि अवार्ड अझ परिष्कृत रूपमा सम्पन्न हुने विश्वास लिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।  

अवार्डको छनौट प्रक्रिया यति निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउन जसरी विभिन्न किसिमले प्रविधिको प्रयोग गरिएको छ आयोजकले बताएको छ । नेपालका लागि आइसिटी अवार्ड कार्यक्रम उदाहरणीेय रहेको जुरी संयोजक शुशिल पोखरेलले बताए । 

हुवावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधाहरू रहेको भए तापनि एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ । यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो । 

अवार्ड सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका ३० भन्दा बढी संस्थाहरूको सहकार्य र सहयोग रहेको छ । नेपाल सरकारको तर्फबाट मन्त्रालय, विभाग, दूरसञ्चार प्राधिकरण, नास्ट लगायतको सहकार्य रहेको यस अवार्डमा नेपाल टेलिकम र जिनसले इन एशोसिएशनमा सहकार्य गरेका छन् । 

हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भइसकेको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ । 

के के पाउँछन् आइसिटी अवार्ड विजेताले ? 

आइसिटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्ड बाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन् । 

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ । बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । 

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ । सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?