Breaking News

आइसिटी अवार्ड २०२० को विजेताले के - के पाउँछन् ?

Dec Thu 2020 07:33:22

1192 views

आइसिटी अवार्ड २०२० को विजेताले के - के पाउँछन् ?

आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले  पौष ११ गते शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ ।

आइसिटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्ड बाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन् । 

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ । बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । 

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ । सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?