Breaking News

HUAWEI आइसिटी अवार्ड २०२० को अवार्ड बिजेताहरु : के के जिते अवार्ड विजेताले (हेर्नुहोस्)

Dec Sun 2020 06:54:43

947 views

HUAWEI आइसिटी अवार्ड २०२० को  अवार्ड  बिजेताहरु :  के के जिते अवार्ड विजेताले  (हेर्नुहोस्)

आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले  सम्पन्न भएको छ । ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्प्रधिलाई अवार्ड प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोकका सदस्य डा राम कुमार फुयाल र हुवावे नेपालका सिइयो ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए । 

अवार्डको नाम अवार्ड बिजेता 

•    स्टार्टअप आइसिटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि 
•    प्रडक्ट आइसिटी अवार्ड– सीपीएफडिएस
•    राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – सन्चै छौं 
•    एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आइसिटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
•    डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल
•    डिजिटल गभर्नेन्स आइसिटी अवार्ड– आन्तरिक राजस्व विभाग
•    पायोनियर आइसिटी अवार्ड– निलकण्ठ उप्रेति                                                                      
•    आन्टरप्रेनर आइसिटी अवार्ड– विनय बोहरा
•    नेपाली डायस्पोरा आइसिटी अवार्ड– गौरभ राज उपाध्याय
•    वुमन आइकन आइसिटी अवार्ड–तिमिला यमी थापा
•    मिडिया पर्सन आइसिटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
•    जुरी मेन्सन आइसिटी अवार्ड– हाम्रो स्वास्थ्य 

आइसिटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट सञ्चै छौदेखि डिजिटल गर्भनेन्सको उत्कृष्ट संस्था आन्तरिक राजश्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए ।

पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरेभने आन्टरप्रनेर अवार्ड बिनय वोहोराले जित्न सफल भए । यसैगरी वुमन आइन आइसिटी अवार्ड तिमिला यामीले प्राप्त गरिन भने नेपाली डायस्पोरा आइसिटी अवार्ड गौरवराज उपाध्यायले जितेका छन ।

एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आइसिटी अवार्ड सिपिएफडिएस र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ । 

यस ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ ।

यो सँगै एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैया रकम पनि उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई फाइबर, जिनस सोलुसनले ५ हजार डलर बराबरको क्रेडिट, इसेवाले विजनेश प्रवद्धन निशुल्क गरेका छन । 

अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर विहृतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए ।

अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसन देखि सरकारीसस्थााई समेत अगाडी बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाई थियो । यसैगरी सचिव हरि बस्यालले ह्वावे जस्ता विश्वप्रसिद्ध कम्पनीहरुसगँको सहकार्य र लगानीले डिजिटल नेपालको सपना पुराहुनसक्ने बताए ।

पुर्वमन्त्री गणेश शाह, योजना आयोगका सदस्य रामकुमार फुयाल र ह्वावेका सिइयो ज्याङपनि कार्यक्रममा सम्वोधन गरेका थिए । ह्वावेका सिइयो ज्याङले नेपाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रधि र बलियो बनाउन सरकारसँग सहकार्य गरेर काम गर्न चाहेको बताए । 

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यस पटक एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा गरिएको थियो ।

डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेताको पनि घोषणा गरिएको छ ।

के के पाउँछन् अवार्ड विजेताले ?

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्ड बाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन् ।
यस ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड ९ज्गबधभष् ऋयिगम० सेवा उपलब्ध गराउनेछ ।

त्यसैगरि यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ ।

बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाख रुपैयाँसम्म बिनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु द होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार अमेरिकी डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ ।

सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रबद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?