Breaking News

प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई (एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम )

Dec Thu 2020 05:40:35

1861 views

प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई (एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम )

प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसले पाएको छ । २०७७ साल पौष ११ गते शनिबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्ड कार्यक्रममा सीपीएफडीएसलाई प्रोडक्ट आइसिटी अवार्ड २०२० प्रदान गरिएको हो । 

‘सीपीएफडीएस’ एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम डिजिटल एज नेपालले विकास गरेको प्रोडक्ट हो । यसको प्रयोगले संस्थाहरुले सम्पति शुद्धिकरण र अरु वित्तिय अपराधहरु रोक्नलाई मद्दत पुर्‍याउँछ । 

यसमा केवाईसी म्यानेजमेन्ट, एएमएल म्यानेजमेन्ट, रिस्क स्कोरिङ तथा रिस्क एसिसमेन्ट, रिपोर्ट म्यानेजमेन्ट तथा गोएएमएल लगायतका सुविधाहरु छन् । 

यसले नविल बैंक, सनराइज बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, एनएमबी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक लगायत १८ संस्थाहरुलाई सेवा प्रदान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?