Breaking News

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० सन्चै छौं लाई

Dec Thu 2020 05:45:46

1266 views

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० सन्चै छौं लाई

‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौं ले पाएको छ । आइसिटी अवार्ड २०२० कार्यक्रममा सन्चै छौंलाई ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ प्रदान गरिएको हो । 

सन्चै छौंका प्रयोगकर्ताहरुले भर्चुअल रुपमा डाक्टरसँग परामर्श गर्न सक्छन् । त्यस्तै सन्चै छौंको एपमा स्वास्थ्य टिप्स, औषधीहरु कुन खाने र कुन समयमा खाने जानकारी, नजिकैको अस्पतालको बारेमा जानकारी, रोगको बारेमा जानकारी लिन सकिने लगायतका सुविधा रहेका छन् ।

यसमा भर्चुअल मेडिकल असिस्टेन्टको समेत सुविधा रहेको छ । कुन समस्या वा रोगमा कस्तो औषधी प्रयोग गर्ने भन्ने कुरामा पनि विभिन्न प्रविधि र कन्सल्टेसन मार्फत एपले सजेष्ट गर्नसक्छ । आफ्नो नजिक रहेको अस्पताल र स्वास्थकर्मिहरुको बारेमा पनि यसले जानकारी दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?