Breaking News

आइटी करियर कनक्लेभ : आइटीमा करियर खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्ने

Jan Tue 2021 07:59:23

682 views

आइटी करियर कनक्लेभ : आइटीमा करियर खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्ने

सो कार्यक्रम सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत रहनेछ । कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’को रुपमा पनि रहनेछन् ।



कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्फत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।

पिबिएस आइटी करियर कनक्लेभ लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त आयोजनामा हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?