Breaking News

मोबाइल बैकिङ प्रयोगकर्ता एक करोड १९ लाख बढी, एक वर्षमा २८ लाखले बढे

Jan Thu 2021 07:39:39

614 views

मोबाइल बैकिङ प्रयोगकर्ता एक करोड १९ लाख बढी, एक वर्षमा २८ लाखले बढे

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङ कारोबार उल्लेख्य बढेको छ । गत मंसिरदेखिको एक वर्षको अवधिमा २८ लाख १३ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् । कोभिड–१९ को बढ्दो जोखिम, लकडाउनका कारण सहज आवतजावतमा पुगेको बाधा, बैंकहरूले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारणले मोबाइल बैंकिङ प्रयोगकर्ता उल्लेख्य बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत मंसिरसम्म ९० लाख ९९ हजार ७३२ रहेका मोबाइल बैकिङ प्रयोगकर्ता अहिले बढेर एक करोड १९ लाख १२ हजार ८१३ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार संख्यासँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत कार्तिकसम्म ७६ लाख ४३ हजार २९६ पटक मोबाइल बैकिङ कारोबार भएर २ अर्ब ५६ करोड ५४ लाख करोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । 

गत जेठसम्म मोबाइल बैंकिङमार्फत १८ अर्ब ७१ करोड रुपैयाँ बराबर कारोबार भएको छ । गत चैतमा यस्तो रकम ५ अर्ब ६४ करोड रुपैयाँ थियो । लकडाउनमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार, नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस, राष्ट्र बैंकले आरटीजीएसलगायत कारोबार निःशुल्क गरेका थिए । आरटीजीएस, ईसीसी, कनेक्ट आईपीएस, ई–कमर्स, पीओएस, वालेट र क्यूआर कोडमार्फतको कारोबार पनि लकडाउनका बेला बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?