Breaking News

वारेन बफेटका ५ टिप्पहरु फ्लो गर्नुहोस् , जसबाट यसरी शेयर बजारबाट मनग्गे आम्दानी गर्न सकिन्छ

Jan Thu 2021 06:22:52

852 views

वारेन बफेटका ५ टिप्पहरु फ्लो गर्नुहोस् , जसबाट यसरी शेयर बजारबाट मनग्गे आम्दानी गर्न सकिन्छ

वारेन बफेटको बारेमा सायदै कमैलाई मात्र  थाहा नहोला। उनी विश्व सेयर बजारमा निकै लोकप्रिय छन्। उनकै दिशानिर्देश वा भनौँ टिप्सबाटै अहिले विश्वका धेरै लगानीकर्ताहरुले दिनहुँ सेयरबजारबाट मनग्य पैसा कमाइरहेका छन्।

वारेन बफेटका ५ यस्ता टिप्सहरु छन्। जसबाट सेयर बजारमा लगानीकर्ताहरुले फाइदा उठाउन सक्छन् र मनग्य आम्दानी पनि गर्न सक्छन्। 

१. अरु लोभी हुँदा डराउनुस्, अरु डराउँ

कोरोनाकालमा वारेन बफेटको यो टिप्स् सत्य साबित भयो।  कोरोनाका कारण अर्थव्यवस्था ठप्प हुँदा र जोकोही पैसा डुब्ने डरमा हुँदा सेयर बजारमा पनि गिरावट आउने डरले लगानीकर्ताहरु लोभी भए। तिनै लगानीकर्ताले सेयर बजारबाट अहिले मनग्गे कमाइरहेका छन् ।

२. राम्रा कम्पनीका र सेयरमूल्य घट्दा किन्नुहोस्

वारेन बफेट जहिले पनि राम्रा कम्पनीका सेयरमा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्छन्। उनको मान्यता छ कि राम्रा कम्पनीको सेयरमा लगानी गर्दा मूल्य पनि राम्रै तिर्नुपर्छ। किनकि यस्ता कम्पनीका सेयरले भविष्यमा राम्रै रिटर्न दिन्छ। त्यस्तै उनी सेयरमूल्य घट्दा लगानी बढाउनुपर्ने मान्यता राख्छन्। किनकि पैसा कमाउने यो अवसर हो भन्ने उनको सोचाइ छ। जसले भविष्यमा लगानीकर्ताहरुले राम्रै पैसा आर्जन गर्न सक्छन्।

३. मौका अचानक पनि आउन सक्छ

वारेन बफेट जब मौका आउँछ तब त्यसलाई भरपूर उपयोग गर्नुपर्ने मान्यता राख्छन्। त्यसैले त कोरोनाकालमा न्यूनतम स्तरमा झरेको बजारमा लगानी गरेर अहिले लाखौँ मानिसले भरपूर आम्दानी गर्न सक्छन्। त्यसैले कोरोनाकाल पनि सेयर लगानीलाई उचित अवसर बन्यो। 

४. धैर्यको प्रतिफल मिठो हुन्छ

यदि सेयरबजारमा धैर्यता राख्ने हो भने लगानीकर्ताहरुले मनग्य आम्दानी गर्न सक्छ। त्यसैले सेयर बजारमा धैर्यता राख्न सक्नुपर्छ। यदि कुनै सेयर लामो समयसम्म होल्ड गर्न सकियो भने भविष्यमा राम्रै प्रतिफल प्राप्त हुन्छ भन्ने मान्य वारेन बफेटको छ। तर धैर्यता गुमाउँदा राम्रै प्रतिफल प्राप्त गर्नबाट चुक्न पनि सक्छौँ।

५. यदि तपाइँ समयअनुसार लगानी गर्नुहुन्न भने गलत गर्दै हुनुहुन्छ

वारेन बफेटका अनुसार समयका साथसाथै वस्तुको मूल्य पनि बढ्दै जान्छ। महँगी पनि लगातार बढिरहेको हुन्छ। यस्तो यदि अहिले तपाइँले कुनै चिजमा थोरै लगानी गर्नुभएको छ भने भविष्यमा त्यसको मूल्य निकै बढ्न सक्छ। त्यसैले समयअनुसार लगानी पनि बढाउँदै लैजानुपर्छ। ता कि समयअनुसार नै तपाइँको लगानीले पनि राम्रै प्रतिफल दिन सकोस्। कोरोनाकालमा पनि केही लगानीकर्ताहरु यही टिप्स अपनाएर अहिले मालामाल भएका छन्।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?