Breaking News

माघ ११ गतेदेखि ‘टी प्लस टू’ शेयर राफसाफ २ दिनमै हुने

Jan Tue 2021 05:41:17

1118 views

माघ ११ गतेदेखि ‘टी प्लस टू’  शेयर राफसाफ २ दिनमै हुने

काठमाडौं। सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले पुस अन्तिम साता स्वीकृति दिएसँगै सीडीएससीले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन (टी प्लस टू)भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएको हो । सीडीएससीले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस गरेको थियो । संशोधित विनियमावलीलाई बोर्डले पुस २६ गते नै स्वीकृति दिएको थियो ।
संशोधनपश्चात् धितोपत्र कारोबार राफसाफ तथा फछर््यौटको समय एक दिन घटेको छ ।
संशोधित विनियमावली अनुसार राफसाफ तथा फर्छ्यौट गर्नका लागि सीडीएससीले लगानीकर्तालाई आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि ईडीआईएस जारी गर्दा ‘टी प्लस वान्’ अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्न आग्रह गरेको छ । ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले ‘टी प्लस वान्’ भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनु पर्छ । यस्तै, धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस वान् अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?