Breaking News

डब्लु आई सिटीको १ दिने डिजिटल नलेज शेयर वर्कशप आसारा सुधार केन्द्रमा सम्पन्न

Jan Tue 2021 07:12:47

1688 views

डब्लु आई सिटीको १ दिने डिजिटल नलेज शेयर  वर्कशप आसारा सुधार केन्द्रमा सम्पन्न

- सबु बस्नेत 

काठमाण्डौँ ।  क्यान फेडेरेसन (Federation of Computer Association of Nepal) अन्तर्गत डब्लुआईसिटी (Women in ICT- WICT) को आयोजनामा मिति २०७७ साल माघ १२ गते एक दिने डिजीटल नलेज सेयरिङ वर्कसप आसारा सुधार केन्द्रमा सम्पन्न भएको छ ।  डब्लु आई सिटीको नलेज सेयरिङ वर्कसपमा विभिन्न निकायमा आबद्ध महिलाहरुले अहिलेको समयमा डिजिटल प्रविधिको प्रयोग र महत्व बारे सहभागिहरुलाई जानकारी गराएका थिए ।

 प्रभु म्यनेजमेन्टको डिजिटल फाइनेन्शेल सिनीयर अफिसर तथा डब्लु आई सिटीको सदस्य समेत रहेकी रिना क्षेष्ठले डिजिटल फाइन्नेशियल सम्बन्धी जानकारी दिदै आजको समयमा यस्तो प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै गजबको प्रा लि को जनरल म्यनेजर साथै डब्लु आई सिटीको सदस्य समेत रहेकी अदिप्ती अधिकारीले डिजिटल माध्यमबाट गर्ने मार्केटीगंको बारेमा बताउनु भएको थियो । त्यस्तै प्रभु बैकको आईटी डिपार्टमेन्ट साथै डब्लु आई सिटीको सदस्य सम्पन्न श्रेष्ठले क्यनभा तथा ग्राफिक डिजाइन बारे जानकारी दिनु भयो ।

डब्लु आई सिटी (W ICT) द्धारा एक दिने डिजिटल नलेज शेयर कार्यक्रम आसारा सुधार केन्द्रमा सम्पन्न

पूर्व डिआइजिपी (DIGP) तथा डब्लु आई सिटीको अध्यक्ष समेत रहेकी शिला कंशाकार कार्की ले सोसल मिडिया र साइवर सुरक्षासँग सम्बन्धीत जानकारी सहभागीहरुलाई शेयर गर्नुभएको थियो । 

त्यसै गरी पत्रकार तथा डब्लु आई सिटीको सदस्य सावित्री बस्नेतले मोबाईल पत्रकारिताको बारेमा जानकारी दिएकी थिइन् ।

यस्ता कार्यक्रम सुधार केन्द्रमा रहेका सम्पुर्ण व्यक्तिहरुलाई महत्वपुर्ण हुने बताउदै यो कार्यक्रमबाट सुधार गृहमा रहेकाहरुले प्रविधिको प्रयोगको ज्ञान र चेतना अभिबृद्धि गराएको सुधार केन्द्रका काउन्सलरले बताए ।

डब्लु आई सिटीले सूचना प्रविधि ज्ञान र चेतनामुलक यस्ता बिभिन्न कार्यक्रमहरु बिभिन्न रुपमा गर्दै आएको छ  र आगामी दिनमा यस्ता धेरै कार्यक्रमहरु अझ लक्षित क्षेत्र र वर्गसम्म पुगेर गर्ने योजना रहेको डब्लु आई सिटीको अध्यक्ष शिला कंशाकार कार्की ले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा सुधार केन्द्रका पदाधिकारीहरुसहित मोहनी थापा बोहरा, प्रहरी निरीक्षक रबिन्द्र थापा लगायत बिभिन्न क्षेत्रका व्यक्तिहरु सहित करिब १३५ जना भन्दा बढी सहभागी थिए । साथै उक्त कार्यक्रम साहारा सुधार केन्द्रमा रहेका व्यक्तिहरुको लागि लक्षित गरी सञ्चालन गरिएको थियो भने कार्यक्रममा सुधार केन्द्रमा रहेका सबैको सहभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?